adv

दमकका ३७ सहित झापामा बुधवार थप ८५ जनामा कोरोना पुष्टि

झापा । झापामा बुधबार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३७, बिर्तामोडमा १३, भद्रपुरमा १०, कनकाईमा ४, मेचीनगरमा ४, अर्जुनधारामा २, कमल गाउँपालिकामा ६, हल्दिबारी, शिवसताक्षी, झापा गाउँपालिका, कचनकवल, बुद्धशान्ति र गौरादहमा १-१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

हालसम्म झापामा कुल संक्रमितको संख्या २८०९ पुग्दा १७०३ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या १०३६ रहेकोे छ ।

झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु