adv

कोरोनाबाट झापामा दमकका एक बृद्ध र गौरादहकी १ महिलाको मृत्यु

झापा,२७ कार्तिक । कोरोना भाइरसको संक्रमणवाट आज विहान झापामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमकका एक बृद्ध र गौरादहमा एक महिला रहेकी छन् ।

गौरादह नगरपालिकाको स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार गौरादह ५ की ४९ बर्षिया मिगौंला रोगी मेनुका भण्डारीको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा आज विहान मृत्यु भएको हो । उनलाई कात्तिक ४ गते उपचारका क्रममा संक्रमण पुष्टि भएको थियो ।

योसँगै गौरादहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ ।
यसैगरि आज बिहाननै दमक ६ का ८६ वर्षिय बृद्ध वीरबहादुर खड्काको पनि संक्रमणबाट मृत्यु भएको छ । होम आइसोलेसनमा बसेर उपचार गराउदै आएका उनको आज विहान ५.३० बजे मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

योसंगै दमकमा हालसम्म कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
यसअघि दमक ६ की ४५ बर्षिया गीता अधिकारीको पनि हिजो वुधबार साँझ मृत्युभएको थियो ।

यससंगै जिल्लामा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु