adv
adv

बस दुर्घटनामा नौ जनाको मृत्यु, ३४ घाईते

बैतडी,२८ कात्तिक ।बैतडी र दार्चुलाको सीमानागन्नाबाट महेन्द्रनगर जादै गरेको बस विहीबार रातिखोड्पेमादुर्घटना हुँदा नौ जनाको मृत्यु भएको भने ३४ जना घाईते भएका छन् ।

गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५१४१ नम्बरको पवनदूत यातायातको बस विहीबार राति १०ः २५ बजे बैतडीको पाटन नगरपालिका–८, खोड्पे बजार नजिक दुर्घटनामा परेको हो । बस सडकबाट छसय मिटर तलभीरमा खसेको छ । बसमा ५० जना सवार थिए ।

घाईतेहरुको रातिनै उद्धार गरेर उपचारका लागि डडेल्धुरा अस्पताल पठाईएको छ । मृतकहरुको सनाखतहुन सकेको छैन ।
उद्धारमा खोड्पे प्रहरी चौकी र स्थानीय व्यापारी खटिएकका थिए । घाईतेको उद्धार गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारी आफै खटिनु भएको छ ।

उद्धारमा खोड्पे बजारका स्थानीयव्यपारी समेत खटिएको हरिश बिष्टले बताउनुभयो । शुक्रबार विबाहन सम्मपनि पनि मृतकको सनाखत हुन सकेको छैन ।यो समाचार आजको गोरखापत्र अनलाइनमा छापिएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु