adv

कोरोनाबाट शिवसताक्षी नगरपालिकामा थप एक जनाको मृत्यु

शिवगञ्ज । झापाको शिवसताक्षी नगरपालिकामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ६ का ६२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । उनको कोरोना पुष्टि कार्तिक १२ मा भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनको झापाको बिएन्डसी अस्पतालमा उपचार भइरहेको थियो । नगर स्वास्थ्य शाखाका सन्जय ठकुरीका अनुसार मृतकको कार्तिक २४ मा कोरोनाको थप परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ आएको थियो ।

परिवार स्रोतका अनुसार मृतकको कोरोना संक्रमण बाहेक अन्य कुनै रोग थिएन । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीसंग समन्वय भइरहेको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष भैरव कुमार श्रेष्ठले जानकारी दिए ।

शिवसताक्षी नगरमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या यो सहित पाँच पुगेको छ । वडा नम्बर ६ मा मात्रै कोरोना संक्रमण भएर तीन जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु