adv

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुग्यो

झापा । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने हालसम्‍म मृत्यु हुनेको संख्या १ हजार २ सय २ जना पुगेको छ।

यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३५३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने २१११ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ५६, ताप्लेजुङमा १, तेह्रथुममा ५, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा ४ जना कोरोना संक्रमण पुष्टि भएको छ।

 

यस्तै मोरङमा १०८, संखुवासभामा ३, सुनसरीमा १०८, सोलुखुम्बुमा ७, धनुषामा १५, पर्सामा ७, बारामा २, महोत्तरीमा ७, रौतहटमा ३, सप्तरीमा १६, सर्लाहीमा ६, सिरहामा १९, काठमाडौँमा ९१९, काभ्रेमा ४०, चितवनमा १४, दोलखामा ७, धादिङमा १७, नुवाकोटमा १७ र भक्तपुरमा १०८ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरमा २५, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुपाल्चोकमा ९, सिन्धुलीमा ६, कास्कीमा ७६, गोरखामा ५, तनहुँमा ४, नवलपरासीपूर्वमा ४७, पर्वतमा ३, म्याग्दीमा २जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै लमजुङमा २, बागलुङमा ६, स्याङ्जामा १०, कपिलवस्तुमा ५, गुल्मीमा ६, दाङमा ८, नवलपरासीमा ७, पाल्पामा १९, प्यूठानमा ४, बर्दियामा १५, बाँकेमा ३३, रुपन्देहीमा ४०, रोल्पामा ७, दैलेखमा १, रुकुमपश्चिममा १, सल्यानमा २, सुर्खेतमा ३, हुम्लामा १, अछाममा १, कञ्चनपुरमा ११, कैलालीमा ४१, डोटीमा ९, दार्चुलामा ३ तथा बझाङमा ४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै काठमाडौँ उपत्यकामा शुक्रबार थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका ९१९, भक्तपुरका १०८ तथा ललितपुरका १८० जनामा संक्रमण पुष्टि भएको हो।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु