झापा । झापा आज दमकका ७६ जनासहित १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ५३ जना महिला र ७९ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा ३१ महिला र ४५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, कनकाईमा ६ महिला र १२ जना पुरुषमा पनि आजै संक्रमण पुष्टि भएको छ ।
झापा गाउँपालिकामा २ महिला र ९ पुरुष, बिर्तामोडमा ५ महिला, ४ पुरुष, भद्रपुरमा ३ महिला, ३ पुरुष, मेचीनगरमा १ महिला, २ पुरुष, कमलका २ महिला, हल्दिबारीमा १ महिला र १ पुरुष, गौरीगञ्ज, बाह्रदशी र बुद्धशान्ति गाउँपालिकामा १-१ पुरुष तथा अर्जुनधारा र शिवसताक्षीमा १-१ महिलामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी स्वास्थ्य कार्यालयका अनुसार आज गौरादह ४ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण न्यूरो अस्पताल विराटनगरमा निधन भएको छ ।

