झापा । झापामा बिहिवार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३५ जना महिला र ४० जना पुरुष रहेका छन् ।
सबैभन्दा बढी दमक नगरपालिकामा २० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । दमकमा १० जना महिला र १० जना पुरुषमा भाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै, बिर्तामोडमा ११ जना थपिएका छन् । ५ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी, भद्रपुर र मेचीनगरमा ७-७ जनामा पनि संक्रमण भएको छ । भद्रपुरका ३ महिला र ४ पुरुष तथा मेचीनगरका २ महिला र ५ पुरुषमा संक्रमण भएको हो ।
यसैगरी, झापा गाउँपालिकामा ४ महिला र २ पुरुष, अर्जुनधारामा १ महिला र ४ पुरुष, गौरादहमा १ महिला र ३ पुरुष, कमलमा ३ महिला र १ पुरुष, कनकाईमा २ महिला र २ पुरुष, हल्दिबारीमा ३ महिला, शिवसताक्षीमा १ महिला, १ पुरुष, र बुद्धशान्ति र गौरीगञ्जमा १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
हालसम्म झापामा कुल संक्रमितको संख्या ३ हजार १६८ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या १ हजार ९८५ रहेको छ । यस्तै, सक्रिय संक्रमित भइ आइशोलेसनमा उपचाररतको संख्या १ हजार ९५ रहेको छ । कोरोना संक्रमणकै कारण झापामा मृत्यु हुनेको संख्या ९० पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

