adv

झापाको मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

मेचीनगर ,५ मंसिर । प्रतिबन्धित ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्।

बिहीबार साँझ ६ बजे झापाको मेचीनगर १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा ३८ प ३८८५ नं. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेचीनगर १५ ज्यामिरगढी बस्ने २४ वर्षिय बिष्णु राजबंशी र सोही वडाको पानबस्ती बस्ने १८ वर्षिय सागर पाहानलाई ब्राउनसगुरसहित पक्राउ गरेको हो।

उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर, नगद एकासी हजार एक सय नेपाली रुपैयाँ, एक सय दश भारतीय रुपैयाँ र मोबाईल थान २ बरामद गरिएको छ।

दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु