adv

मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी अनिलदेव राई सम्मानित

सताक्षी प्रेस क्लवकाे अध्यक्षमा सेलिङ केसी सर्वसम्मत

दमक । सताक्षी प्रेस क्लबले स्थापना गरेको मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी अनिलदेव राई सम्मानित भएका छन् ।

मनहाङ सेलिङ स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी अनिलदेव राई सम्मानित हुदै

विगत दुई दशकदेखि सोही क्षेत्रबाट पत्रकारिता पेशामा क्रियाशील सञ्चारकर्मी अनिलदेव राईलाई नगद ५ हजार ५ सय ५५ रुपैंया राशि सहित सम्मान गरिएको हो। सम्मान पत्रसहित राशिको सो पुरस्कार शिवसताक्षी नपाका प्रमुख चन्द्रकुमार शेर्मा, नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरीले हस्तान्तरण गरेका थिए ।

यस्तै सताक्षी प्रेस क्लब, शिवसताक्षीको दोस्रो अधिवेशनबाट सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक सेलिङ केसी आगामी २ वर्षका लागि अध्यक्षमा चुनिएका छन् ।

सताक्षी प्रेस क्लवकाे अध्यक्ष सेलिङ केसी प्रतिवद्धता मन्तव्य राख्दै

दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माविको सभाहलमा ६ गते सम्पन्न अधिवेशनमा उपाध्यक्षद्वयमा दिलिप घिमिरे र सरोज भट्टराई, सचिवमा शान्तिराम बस्नेत, कोषाध्यक्षमा आकृति तिम्सिना, सहसचिवमा गोविन ल्वागुन सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा तेजेन्द्र घिमिरे, भगीहाङ नेम्बाङ, पवन चाम्लिङ राई, सोनिका राई, सूर्य कुइकेल, जीवनसिंह राजवंशी रहेका छन् भने अर्का एकजना समितिको बैठकले चयन गरिने बताइएको छ ।

त्यस्तै सल्लाहकार संयोजकमा छबिलाल दवाडी र सदस्यहरुमा पदमप्रसाद दाहाल, डामकुमार कुँवर, चन्द्रप्रसाद खनाल र उदयप्रकाश राई रहने समितिले चयन गरेको हो ।

शनिबार सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रुपमा शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ, झापाका उपाध्यक्ष एकराज गिरी, नेपाल रेडक्रस सोसाइटी, उपशाखा शिवसताक्षीका सचिव गोविन्द काफ्ले, सतासी मिडिया प्रालिका अध्यक्ष योगेन लावती, सम्मानित सञ्चारकर्मी अनिलदेव राई, सतासीधाम जेसीज वर्ष २०२० की कोषाध्यक्ष जेसी निर्मला प्रधान लगायतले बोलेका थिए ।

कार्यक्रमको वन्दसत्रमा आव ०७६/७७ को आयव्यय अन्तर्गत आयतर्फ ७५ हजार ६ सय २७ रुपैंया र सोही बराबरकै व्यय खर्च सार्वजनिक गरिएको थियो ।

प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सेलिङ केसीकाे स्वागत मन्तव्य रहेकाे थियाे भने कार्यक्रम सञ्चालन दिलिप घिमिरेले गरेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु