adv

झापामा आइतवार दमकका ११ सहित ४९ जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा पछिल्लो २४ घण्टाभित्र थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ जना महिला र ३३ जना पुरुष रहेका छन् ।

सबैभन्दा बढी दमक नगरपालिकाका ११ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ३ जना महिला र ८ जना पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । त्यस्तै, भद्रपुरका ३ महिला र ६ जना पुरुष गरी ९ जना संक्रमित भएका छन् ।

कमल गाउँपालिकाका ३ महिला र ४ पुरुष, अर्जुनधाराका २ महिला र २ पुरुष, शिवसताक्षीका २ महिला र ४ पुरुष, मेचीनगरका १ महिला र ३ पुरुष, गौरादहका २ जना पुरुष, बिर्तामोडका १ महिला र २ पुरुष, कनकाई र बाह्रदशीका १-१ जना पुरुष तथा गौरीगञ्जकी एक महिलामा आज संक्रमण पुष्टि भएको हो ।

यो सँगै झापा जिल्लामा कुल संक्रमितको संख्या ३ हजार २७१ पुगेको छ । कोरोनालाई जितेर घर फर्किनेको संख्या भने २ हजार २६० रहेको छ । त्यस्तै, सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा ९१७ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणका कारण हालसम्म ९४ जनाको ज्यान गएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु