adv

अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन

काठमाडौं । महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारणबुधबार अर्जेन्टिनामा उनको निधन भएको हो

दुई साताअघि मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफलशल्यक्रिया गरिएको थियो ६० वर्षीय म्याराडोनाको सिटी स्क्यानको नतिजापछि उनको मस्तिष्कमा ब्लड क्लट देखिएको थियो

सफल शल्यक्रियापछि म्याराडोना एक साता अस्पतालमै रहेर आराम गरेका थिए अघिल्लो महिना मात्र ६०औं जन्मदिन मनाएकाउनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए

यसअघि म्याराडोना कोरोना भाइरसको कारण सेल्फ आइसोलेसनमा रहेका थिए उनको बडीगार्डलाई कोरोना देखिएपछि उनी सेल्फआइसोलेसनमा बसेका थिए म्याराडोनाले ६०औं जन्म दिन समेत आइसोलेसनमा मनाएका थिए म्याराडोनाले अर्जेन्टिनालाई सन्१९८६ मा विश्वकपको उपाधि दिलाएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु