adv

नेपालमा शुक्रवार थप एक हजार ७०३ जनामा कोरोना पुष्टि,२३ जनाको मृत्यु

काठमाण्डौ । नेपालमा गएको २४ घण्टामा एक हजार ७०३ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार एक हजार ७०३ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख २९ हजार तीन सय ४३ पुगेको छ । १० हजार चार सय ६० जनाकाे नमुना परीक्षण गर्दा यति सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् ।

त्यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ३६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ३५ पुगेको छ । नेपालमा अहिले १७ हजार दुई सय ३७ जना आइसोलेशनमा छन् । यस्तै ६ सय एक जना क्वरेण्टीनमा छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु