झापा ।नेपालमा थप एक हजार २५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको हो। यस दिन ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको छ।
त्यस्तै, संक्रमणबाट थप २५ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। अहिलेसम्म संक्रमणबाट एक हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन्।

