adv
adv

झापामा आज ५९ जना कोरोना भाइरसका संक्रमित थपिए,थप ३ जनाको मृत्यु

झापा, १६ मंसिर । झापामा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा २३ जना महिला रहेका छन् भने ३६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमण पुष्टि हुनेहरु सबै स्थानिय रहेका छन् । जसमा दमकका ७ जना, बिर्तामोडका १५, गौरादहका १, मेचिनगरका १, भद्रपुरका १६, कनकाईका ४, अर्जुनधाराका ३, बुद्धशान्तिका १, कचनकवलका १, शिवसताक्षीका ४ र अन्य ठेगाना भएका ६ जना गरि ५९ जनामा संक्रमण पुष्टि भएको ले जनाएको छ ।

जिल्लामा आज सम्मको कुल कोरोना संक्रमितको संख्या तीन हजार ९२० पुगेको छ भने डिस्चार्ज हुनेको संख्या दुई हजार ५५२ रहेको छ । हालसम्म आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या एक हजार २५५ रहेको छ । त्यस्तै होन आइसोलेसनमा एक हजार २४५ जना रहेको जनाइएको छ ।

झापा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षीका एक पुरुष, एक महिला र दमकका एक महिला रहेका छन् । योसँगै झापामा कोरोनाले ज्यान गुमाउनेको संख्या ११३ पुगेको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु