adv

प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना पक्राऊ

झापा । प्रतिबन्धित ब्राउन सुगरसहित दुई जनालाई झापा प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले हिजो बिर्तामोड वडा नं. ५ बिहानी टोलबाट प्र. १-०१-०१३ प २७०१ नं. को मोटरसाईकलसहित अर्जुनधारा ६ बस्ने २५ वर्षिय आशिष थापालाई पक्राउ गरेको हो । उनको साथबाट ९.५ ग्राम ब्राउनसुगर बरामद गरिएको छ ।

त्यस्तै अर्जुनधारा ९ प्रणामी मन्दिर नजिकबाट मे ५ प ९२५६ नं. को मोटरसाईकलसहित बुद्धशान्ति २ बस्ने २२ वर्षिय प्रिन्स खनाललाई पक्राउ गरिएको छ । उनको साथबाट ३९ ग्राम ब्राउनसगुर बरामद गरी कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु