
काठमाडौं । नायिका स्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छिन्। उनले सोमबार धनगढीका विजयन्द्र सिंह रावतसँग लगनगाँठो कसिएकी हुन्। उनीहरुको विवाह गोकर्ण रिसोर्टमा सिमित पारिवारिक सदस्य र साथीहरूको उपस्थितिमा भएको हो।
श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २-७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्। विवाहको एक महिनापछि श्रीकृष्णको उपचारका क्रममा मृत्यु भएको थियो।
‘कहाँ भेटिएला’ फिल्मबाट नेपाली फिल्ममा प्रवेश गरेकी श्वेताले आधा दर्जनभन्दा बढी सिनेमामा अभिनय गरेकी छिन्। खड्काले सामाजिक सञ्जालमा आइतबार मन छुने स्टाटस लेख्दै आफू विवाहबन्धनमा बाँधिन लागेको जानकारी गराएकी थिइन्।

जीवनका आरोहअवरोह, उकालीओराली, सुखदुःख अनि हाँसो रोदनका पलहरूलाई आत्मसात् गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु। जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जे जस्ता पीर, व्यथा, दुःख अनि कष्ट सामना गरेकी छु, त्यसभित्रका कहालीलाग्दा अनुभव शब्दमा बयान गर्न असमर्थ छु’, श्वेताले लेखेकी छन्, ‘अचानोको पीडा खुकुरीलाई थाहा हुन्न भनेझैं समयको दुष्चक्रले ममाथि प्रहार गरेका अनेकन प्रहार र त्यसबाट मैले भोगेका पीडा केवल मलाई मात्र थाहा छ।

