काठमाडौँ । सुनको मूल्य मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ।
मंगलबार छापावाला सुन ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाला सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ थियो।
यस्तै तेजाबी सुनको मूल्य तोलामा नौ सय रुपैयाँले बढेर ९३ हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

