
विर्तामोड । झापाको विर्तामोडमा लैंगिक हिंसाविरूद्द कानुनी साक्षरता संवन्धि एक दिने प्रशिक्षण सम्पन्न भएको छ । नारी संचार गृह झापा र विर्तामोड नगरपिालिका वडा नं. ५ को सहयोगमा विर्तामोडमा लैंगिक हिंसाविरूद्द कानुनी शिक्षा संवन्धि एक दिने प्रशिक्षण सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल वार एसोसीयन झापाकी कार्यसमिती सदस्य देवी निरौलाले प्रशिक्षर्थीहरु विच हिंसाको अनुभव महिलालाई मात्र हैन पुरुषलाई पनि भए पछि मात्र महिला हिंसाको अन्य हुने बताउँदै नेपाली समाजमा महिला हिंसाका घटनाहरु सार्वजानीक हुने तथा पुरुष हिंसाका घटनाहरु आज सम्म पनि लुकाउने गरेको बताइन् ।

त्यस्तै गरि नारी संचार गृह झापाकी अध्यक्ष भिमा शिवाकोटीले समाजमा लिंगका आधारमा हुने हिंसा अन्त्य गर्नका लागि आफुले सिकेका कुरा व्यववहारमा उतारे मात्र अन्त्य हुने बताइन। समाजमा महिला हिंसाका कुराहरु सार्वजानिक भए पनि लिंगका आधारमा गरिने अन्य हिंसाका घटना एकाध मात्र सार्वजानिक हुने हुँदा हिंसालाई यस्ता कार्यले पिडीतले सँधै हिंसा सहनु पर्ने बताइन् ।
कार्यक्रममका प्रमुख अतिथी तथा विर्तामोड नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र प्रसाद लिंदेनले समाजमा महिला पुरुष विचका हिंसाका घटनाहरु मात्र नभएर महिलामहिला विचका हिंसाका घटनाहरु अझै डरलाग्दो भएको बताउदै हिंसाको अन्त्य नभए सम्म समृद्ध समाज अनि समृद्ध नेपालको सपना पुरा नहुने बताए।
बिर्तामोड नगरपालिका वडा नं ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल बार एशोसिएसन झापा कार्यसमिति सदस्य देवी निरौलाले सहजीकरण गरेको कार्यक्रमा वडा सदस्य डीआर कडरिया, कार्यपालिका सदस्य भावना घिमिरे, वडा सदस्य लक्ष्मी वास्कोटा, समाजसेवी शंखर ढुगेंललगायतको सहभागिता थियो ।
लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नारी संचार गृह झापाकी अध्यक्ष भिमा सिवाकोटीले गरेकी थिइन् । उपाध्यक्ष रेजिना गौतमले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि प्रकाश विर्तामोड नगरपालिका वडा न ५ का वडा सदस्य डि आर कडरियाले पारेकी थिए भने संचालन नारी संचार गृहकी सचिव भूमिका लिम्बू फियाकले गरेकी थिईन् ।

