adv

झापामा आइतबार थप १७ जनामा कोरोना पुष्टि,१ जना संक्रमितको मृत्यु

झापा । झापामा आज आइतबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य कार्यालय झापाका अनुसार आइतबार जिल्लाका ७ वटा पालिकामा ११ महिला र ६ जना पुरुषसहित १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि  भएको हो ।

दमक नगरपालिकामा २ महिलासहित ५ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ५ जना महिला, गौरादह नगरपालिकामा २ महिलासहित ३ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैगरी, शिवसताक्षी नगरपालिकामा १ जना महिला, गौरीगञ्ज बाह्रदशी गाउँपालिकामा १ जना पुरुष र कमल गाउँपालकामा १ जना पुरुष संक्रमित रहेको उनले जानकारी दिए । संक्रमित सबै जना स्थानीय हुन् ।

त्यसैगरी आज १ जना कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा  गौरादह-५ का ५५ वर्षीया महिला रहेको स्वास्थ्य  कार्यालयले जनाएको छ ।

झापामा हालसम्म ३४ हजार ५२७ स्वाब संकलन गरिएका मध्ये ४ हजार ३१७ जना संक्रमित छन् । जिल्लामा हालसम्म १२३ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित ७०३ र होम आइसोलेसनमा ६९२ र हालसम्म निको भएर घर फर्किएकाको संख्या ३ हजार ४९१ जना रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु