adv

बुधबार सुनको मूल्य प्रतितोला रु ८०० ले बढ्यो

काठमाडौँ  । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा प्रतितोला रु ८०० ले बढेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने वृद्धि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार १०० मा कारोबार भएको छ।

मङ्गलबार छापावाला सुन प्रतितोला रु ९२ हजार ३०० मा कारोवार भएको थियो। मङ्गलबारको तुलनामा प्रतितोला रु ८०० ले उकालो लागेको महासङ्घले जनाएको छ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ६५० मा कारोवार भएको छ। मङ्गलबार भने रु ९१ हजार ८५० मा कारोवार भएको थियो।

यस्तै, चाँदीमा पनि प्रतितोला रु ३० ले वृद्धि भएको छ। मङ्गलबार रु एक हजार २०० मा कारोबार भएको चाँदी आज भने एक हजार २३० मा कारोबार भएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु