adv
adv

झापामा जसपाको विरोध प्रर्दशन

बिर्तामोड, ८ पुष । जनता समाजवादी पार्टी, नेपाल झापाले संसद् बिघटनको निर्णय विरुद्ध झापाको बिर्तामोडमा प्रदर्शन गरेको छ ।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै जसपा नेपाल प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले संविधान विरुद्ध प्रधानमन्त्री केपी ओलीले संसद् बिघटन गराएर मुलुकलाई संकटमा धकेलेको आरोप लगाए ।
जनताको संघर्षबाट संसद् पुनर्स्थापना गराएरै छाड्ने उनले दावी गरे ।
हजारौं जनताको बलिदानीबाट प्राप्त उपलव्धिलाई ध्वस्त पार्ने अधिकार प्रशानमन्त्री ओली र राष्ट्रपति विध्यादेवी भण्डारीलाई नभएको प्रदेश सांसद् एवम् जसपा केन्द्रीय सदस्य राधा थापाले जिकिर गरिन् ।

त्यस्तै कोणसभालाई सम्बोधन गर्दै जसपा झापा अध्यक्ष अनुत राजवंशीले प्रधानमन्त्री र राष्ट्रपतिबाट नेपाली जनताको विश्वास उठेको भन्दै न्यायलयबाट आशा गरेको स्पष्ट पारे ।

अर्का अध्यक्ष दिपेन बाला राईले जनताको नाशो बचाउन जीवन मरणको लडाइँ लड्न तयार रहेको दावी गरे ।

बिर्तामोडको मुक्तिचोकबाट सुरु भएको विरोध र्‍यालीले चोक क्षेत्रको परिक्रमा गरेर कोणसभामा परिणत भएको थियो ।

जसपा नेपालको केन्द्रीय निर्देशन अनुसार देशभरका जिल्ला सदरमुकाम केन्दृत विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत विरोध कार्यक्रम सम्पन्न गरिएको जसपा झापाका अध्यक्ष मध्ये एक अनुत राजवंशीले बताए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु