adv

सुनको मूल्य तोलामा १३ सयले घट्यो

काठमाडौं, २३ पुस । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घटेको छ । सुन तोलामा एक हजार तीन सय रुपैयाँ घट्दै प्रतितोला ९५ हजार चार सय रुपैयाँमा झरेको छ ।

सुन हिजो ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ३० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु