adv

दमक नगरपालिकाका सबै क्वारेन्टिन बन्द

दमक । झापाको दमक नगरपालिका भित्र रहेका सबै क्वारेन्टिन बन्द गरिएको छन्। दाहाल प्रतिष्ठान, साइन्स ल्याबसहितका क्वारेन्टिन बन्द गरिएका हुन्।

कोभिड अस्पतालमा पनि बिरामी निको भएर फर्किएका छन् । अहिले अस्पतालमा बिरामी छैनन् । अहिले २२ जना मात्रै सकृय संक्रमित छन् ।

मंगलबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएका सबै ३५ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोभिड अवधिभर दमकमा ९ महिलासहित ३५ जनाको मृत्यु भएको थियोे ।

दमकमा अहिलेसम्म ११८४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये २२ जना सकृय संक्रमित छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु