adv

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुग्यो

झापा । नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । आज थप ४१२ जना कोरोना संक्रमित थपिए संगै कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १८२ महिला र २३० पुरुष रहेका छन् ।

२४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ४८३ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ४ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९०३ रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु