adv
adv

प्रदेश संसद बिघटन गरे सङ्घीयता समाप्त : यादव


दमक, २३ पुष ।
समाजवादी पार्टी प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले प्रतिनिधिसभा बिघटन गरे जस्तै सनकका भरमा प्रदेश संसद्हरु बिघटन गरिए सङ्घीयता नै समाप्त हुने बताएका छन् ।

बिहीबार झापाको दमकमा आयोजित पार्टीको एक भेलालाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । “यदाकदा प्रदेश संसद् पनि बिघटन हुनसक्छ भन्ने हल्ला छ । यस्तो आतमघाती कदम चालियो भने देशले लामो संघर्ष र बलिदानीबाट प्राप्त गरेको सङ्घीयता नै समाप्त हुन्छ”, उनले चिन्ता व्यक्त गरे ।

प्रदेश १ मा प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाका ३७ जना सांसदले अविश्वासको प्रस्ताव पेश गरेको प्रसङ्ग जोड्दै यादवले भने -“अहिले नेकपा राजनीतिक रूपमा मात्रै फुटेको देखिन्छ, कानूनी रूपमा उहाँहरु एकै हुनुहुन्छ । त्यसैले उहाँहरुको कार्बाही गरागर पनि दलको विधान अनुसार देखिँदैन ।”

उनले प्रदेश १ मा नेकपा विभाजित नै भए पनि कांग्रेससँग तलमेल नगरी सरकार निर्माण गर्न दुवै नेकपा समूह असफल हुने गणितीय अवस्था रहेको स्पष्ट पारे ।


प्रदेश सरकार बिघटन वा गठनमा आफूहरुको खासै चासो नरहेको भन्दै यादवले आफ्नो दल यो अवस्थामा तटस्थ रहने बताए ।
प्रधानमन्त्री केपी ओलीको संसद् बिघटन विरुद्ध जनता समाजवादी पार्टी नेपालले आह्वान गरेको केन्द्रीय आन्दोलनको कार्यक्रम अन्तर्गत पुष २९ गते बिर्तामोडमा हुने विरोध सभाको तयारी बारे आयोजित उक्त भेलामा पार्टीका केन्द्रीय सदस्य र प्रदेश सदस्य सहभागी थिए ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेत, प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, प्रदेश सांसद राधा थापा, केन्द्रीय सदस्य नित्यानन्द ताजपुरिया लगायतले विरोधसभा सफल बनाउन केन्द्रीय समिति सदस्यहरुको मूल आयोजक समिति निर्माण गरेर अघि बढ्ने बताएका थिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु