adv

यायोक्खा कांकरभिट्टाद्वारा क्रिकेटर सवनम र संगीतालाई सम्मान

भूमिका लिम्बू , झापा । क्रिकेटर सवनम राई र संगीता राईलाई किरात राई यायोक्खा काँकरभिट्टाले शुक्रबार एक कार्यक्रमका बीच नगदसहित सम्मान गरेको छ ।

उनीहरुलाई शुक्रबार आफ्नै गृह नगर झापाको मेचीनगरमा नगदसहित सम्मान गरिएको हो । क्रिकेटर सवनम र संगीता महिला क्रिकेट टिम प्रदेश नं. १ की सदस्य हुन् ।


क्रिकेटर सवनम र संगीताको टिमले दाङको लमहीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो । प्रतियोगितामा संगीता राईले प्लेयर अफ द टुर्नामेन्ट बन्दै २१ हजार नगद पुरस्कार पाएकी थिइन् ।

प्रदेश १ ले साविकको विजेता समेत रहेको एपीएफलाई ६ रनले हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतियोगितको विजेता प्रदेश १ ले पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएको थियो ।

किरात राई यायोक्खा काँकरभिट्टाका अध्यक्ष धनबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि यायोक्खाका बरिष्ठ सल्लाहकार प्रेम राई थिए ।

यायोक्खाका सचिव अशोक राईको सञ्चालनमा भएको कार्यक्रममा सल्लाहकार देवकुमार राई, बालजीत राई, कर्ण राई, पूर्णबहादुर राई र ध्रुवकुमार राईलगायतको उपस्थिति थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु