adv

सवारी दुर्घटनामा शिवसताक्षी र बुद्दशान्तिका २ जनाको मृत्यु

झिलझिले,२६ पुस । झापाको छुट्टाछुट्टै दुई स्थानमा सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका र बुद्दशान्तिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति साढे ८ बजेतिर मोटरसाईकलवाट दमकदेखि झिलझिलेतर्फ घर जादै गरेका शिवसताक्षी ११ का ३८ वर्षीय छविरमण ढकालको दुर्घटनामा परेर मृत्यु भएको हो ।

उनी सवार मे ३ प ९८९६ नम्बरको मोटरसाइकलमा अनियन्त्रीत भएर धरमपुरको कमल खोला सडक खण्डमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गंभीर भएका उनको राती १० वजेतिर विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्युभएको प्रहरीले जनाएको छ ।

यसैगरि, हिजो शनिवार साँझतिर जिल्लाको बुद्दशान्ति गाउँपालिका ३ स्थित धाइजन चोकमा मे.१च. ५३९६ नम्बरको पिकअपलाई बिपरित दिशाबाट आउदै गरेको मे २ प ६९८४ नं को मोटरसाईकलले ठक्कर दिदाँ मोटरसाईकलमा सवार अर्जुनधाराका ५० बर्षिय छत्र बहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु