इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) प्रदेश न १ का सदस्य अतित योङहाङले आफ्नाे जन्मदिनकाे अवसरमा सहयाेग रकम प्रदान गरेकाे छ ।
माङसेबुङ २ स्थित सरस्वती आधारभुत विद्यालयले स्थापना गरेकाे अक्षयकाेषमा याेङहाङले पाँच हजार रुपैयाँ सहयाेग गरेकाे हाे । याेङहाङले साे रकम विद्यालयका प्रध्यानध्यनपक अम्बिका प्रसाद राईलाई हस्तान्तरण गरेका थिए ।
आफु कखरा पढ्न सुरु गरेकाे विधालयको अक्षयकोषमा सहयाेग गर्न पाउँदा खुसि भएकाे याेङहाङ बताउछन् । अन्य वर्षहरुमा साथहरुसँग भेटघाट गरि जन्मदिनकाे शुभकामना आदानप्रदान गरि मनाउदा खर्च पनि राम्रै हुने सुनाउदै उनी भन्छन् यश वर्ष आफुलाई अक्षर चिनाउने विद्यालयलाई सानै भए पनि सहयाेग गरे आगामि दिनमा समेत सहयाेग निरन्तर गर्नेछु ।
विद्यालयले स्थापना गरेकाे अक्षयकाेषमा आर्थिक सहयाेगकाे आह्वान गरिरहेकाे समयमा जन्मदिनकाे अवसरमा याेङहाङले गरेकाे आर्थिक सहयाेग कार्य सराहनीय रहेकाे विद्यालयका शिक्षक अरुण राई बताउछन् । सहयाेगकाे कुनै आकार नहुने र सहयाेग कुनै सानाे कुनै ठुलाे नहुने बताउदै राईले विद्यालयकाे अक्षयकाेषमा मनै देखि सहयाेग गर्न सबैमा आह्वान समेत गरे ।

