adv

पल्सर स्पोर्ट्स अवार्डका उत्कृष्ट वर्ष पुरुष खेलाडी करांतेका मन्देकाजी

काठमाडौं । करातेका मन्देकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् ।ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको अवार्ड कार्यक्रममा मन्देकाजी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।

मन्देकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् । मन्देकाजीले १३ औं सागमा एकल र टिम कातामा गरी दुई स्वर्ण जितेका थिए ।

आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए । गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु