adv

झापाको मेचीनगरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, ८ माघ । झापा कमल गाँउपालिका -६ का २० बर्षीय नवराज भट्टराई लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । हिजो दिउसो साढे ३ बजे मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट भट्टराईलाइ नियन्त्रणमा लिईएको थियो।

नियन्त्रणमा पश्चात उनि उपर चेक जाँच गर्दा गुप्ताङमा लुकाई छिपाई राखिएको अवस्थामा २० ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काकरभिट्टाले जनाएको छ ।

उनि उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु