adv

आवधिक योजना तर्जुमाका लागि छलफल

माङसेबुङ ,८ माघ । माङसेबुङ गाउँपालिका वडा नं ६ मा ५ वर्षे आवधिक योजना तर्जुमाका लागि छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

चिसोपानी पञ्चमीमा बिहीबार ग्रीन इनिसीएटिभ सलुसन संस्थाकाे परामर्शमा छलफल कार्यक्रम सम्पन्न भएकाे हाे ।

आगामी पाँच वर्षसम्मको योजना तर्जुमालाई लक्षित गर्दै कृषि, पयर्टन, शिक्षा,स्वास्थ्य, यातायात,सञ्चारी, खानेपानी लगायतको पूर्वाधार तयार तथा विकास निर्माणको लागि स्थानिय वडा सदस्य राम चन्द्र राई, लगायत अन्य स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको थियो।

परामर्श दाता संस्था (ग्रीन इनिसीएटिभ सलुसन)को आयोजनामा भएको उक्त छलफल कार्यक्रमबाट आगामी ५ वर्ष सम्ममा गरिने संभावित वडा भित्र रहेको सबै क्षेत्रकाे विकास निर्माणको तथ्यगत योजनाहरु संकलन गरेर गाउँपालिकामा पठाइने जानकारी संस्थाका परामर्शकर्मी दिनेश भट्टराईले जानकारी दिए ।

प्रस्तुति-दिवश सिप्तुङ्खा

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु