adv

समाजवादी युवा प्रदेश १ ले जनता समाजवादी युवाको नाममा हुने कार्यक्रम स्वीकार नगर्ने

दमक, १६ माघ ।जनता समाजवादी युवा संघ नेपाल प्रदेश नं १ को नाममा माघ १९ गते दमकमा हुने भनिएको पार्टी प्रवेश र भेटघाट कार्यक्रम समाजवादी युवा संघ नेपाल प्रदेश नं १ ले अस्वीकार गर्ने भएको छ ।

समाजवादी युवा संघ प्रदेश नं १ ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सो कार्यक्रम बारे खेद प्रकट गरेको जनाउँदै नस्वीकार्ने जनाएको हो ।

संघका प्रदेश १ इन्चार्ज समिर नाछिरिङ, अध्यक्ष श्री सुब्बा र मुख्य सचिव पवन बिष्टत्रयले संयुक्त हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ -जनता समाजवादी युवा संघ प्रदेश समितिको ब्यानरमा माघ १९ गते झापा जिल्ला केन्द्रीय पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो प्रमुख आतिथ्यमा दमकमा पार्टी प्रवेश तथा भेटघाट कार्यक्रमको आयोजना गरेकोमा हामी समाजवादी युवा संघसँग कुनै आपसी सहमति बिना एकतर्फी रूपमा युवा संघ प्रदेश नम्बर १ ले कार्यक्रम सन्चालन गरेको हुँदा समाजवादी युवा संघले खेद प्रकट गर्दछ । उक्त कार्यक्रमको जस-अपजस तत्कालीन पूर्व समाजवादी युवा संघ प्रदेश नं १ कमिटीले नलिने र स्वीकार गर्ने छैन भनी यसै पत्रद्वारा जानकारी गराउँदै ध्यानाकर्षण गराउँदछौं ।


जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा हुने भनिएको सो कार्यक्रमको बारेमा सामाजिक सन्जाल फेसबुकबाट प्रचार भैरहेको बेला पूर्ववत दुई युवा संघ मध्ये एउटा संगठन समाजवादी युवा संघको यस्तो धारणा सार्वजनिक भएको हो । विज्ञप्तिमा पूर्व समाजवादी युवा संघ र पूर्व राष्टृय युवा संघ समायोजन गरी जनता समाजवादी युवा संघ नाम राख्ने विषयमा भने सहमति भएको उल्लेख छ ।

जनता समाजवादी युवा संघ प्रदेश नं १ को आयोजना भनी कार्यक्रम बारे थालिएको प्रचारात्मक ब्यानरमा नेता महतो सहित जसपाका कार्यकारिणी समिति सदस्य युवराज कार्की, लिम्बुवान राष्टृय समिति अध्यक्ष खगेन्द्र माखिम र केन्द्रीय सदस्य भूराज राईको तस्वीर प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि भनी सार्वजनिक गरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु