adv

झापाको शिवसताक्षीमा बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

झापा । झापाको शिवसताक्षीमा बुधबार राति बससँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–११ झरना पुलस्थित सडकखण्डमा बेलुका पौने सात बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख १९८० नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ५६ प २९५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर हुनुभएका कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।

प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मेचीनगर नपा–६ बस्ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इप्रका झिलझिलेले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु