adv
adv

लागु औषध सहित देउमाई इलामका एकजना पक्राउ

इलाम । प्रहरी चौकी दानाबारी इलामले लागु औषध सहित देउमाई नगरपालिका वडा नं ३ शान्तीडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी पक्राउ गरेको छ ।

इलाम माई नगरपालिका वडा नं ४ लखनचोक स्थितमा सवारी साधनहरु चेकजाँचको गर्ने क्रममा बिर्तामोडबाट इलाम दानाबारी तर्फ आउँदै गरेको मे १० प ५१७४ नम्बरको मोटरसाईकल रमेशलाई पक्राउ गरिएको हो ।

रमेशको शरिरमा खानतलासी गर्दा कपडाको पाईन्टको दायाँ पट्टिको गोजिमा ४५० मिलिग्राम लागू औषध (खैरो हेरोईन) फेला परेको थियो।

निजले प्रयोग गरेको मोटरसाईकल र लागु औषध बरामद गरी कानून बमोजिम प्रक्रिया पुरा गरी बरामद गरेको सामन र पक्राउ परेका निज रमेश अधिकारीलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भई रहेको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु