adv

मोटरसाइकल दुर्घटनामा परी बुबा छोराको मृत्यु

धरान,२४ माघ । कोशी राजमार्गको धरान -इटहरी सडकखण्डस्थित इटहरी २ पिपलचोकमा मोटरसाइकल दुर्घटना हुँदा एकैसाथ बुबा छोराको मृत्युभएको छ ।

इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार शुक्रवार दिउँसो तीन वजेतिर धरानबाट ईटहरीतर्फ जादै गरेको प्र. १ -०१- ०४४ प १ २५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना मोटरसाइकल बाबुछोराको मृत्युभएको हो ।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा चालक उदयपुर रुपाटार २ घर भई हाल इटहरी ८ बस्ने ५० बर्षीय नरजंग मल्ल र उनका बुबा ८२ बर्षीय कुबेरबहादुर मल्ल रहेका छन् ।

दुर्घटनामा बाबु -छोरा दुबै गम्भिर घाईते भएका थिए । उनीहरुलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ल्याइएको थियो । दुवैको उपचारको क्रममा सवा ३ बजेतिर मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयको भनाई छ । तीब्र गतिको कारण उक्त दुर्घटना भएको प्रहरीको भनाई छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु