adv
adv

माङसेबुङ समाज नेपालको अध्यक्षमा रञ्जन जवेगू


काठमाडौं
। माङसेबुङ समाज नेपालको अध्यक्षमा रञ्जन जवेगू चयन भएका छन्।

शनिबार भक्तपुरको घ्याम्पेडाँडामा भएको भेलाले ‘माङसेबुङ समाज नेपाल’ नामक संस्थाको अध्यक्षमा रञ्जन जवेगूलाई चयन गरेको हो ।

भेलाले रञ्जन जवेगूको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । समितिका उपाध्यक्षमा रमिला बस्नेत, सचिवमा गोविन्द कार्की, सहसचिवमा उत्सव सम्बाहाम्फे र कोषाध्यक्षमा घनेन्द्र बस्नेत चयन भएका छन् ।

समितिका सदस्यहरुमा राम चाम्लिङ, योगेन्द्र खजुम, धिरेन्द्र तामाङ, धिरेन राई, इन्दिरा कार्की, द्रुपता राई, भक्तिप्रसाद राई, मञ्जु निरौला, अल्बिन योङहाङ र शोभा श्रेष्ठ चयन भएका छन् । त्यस्तै सल्लाहकारहरूमा सचित राई,मिलन लिम्बू र आशिष कार्की चयन भएका छन् ।


इलामको माङसेबुङ थात्थलो भएर उपत्यका बस्दै आएकाहरुको हकहितका लागि एकताबद्ध भई विभिन्न रचनात्मक कार्यक्रम गरी भातृत्वको विकास गर्ने उद्देश्यले समिति गठन गरिएको नवगठित समितिका अध्यक्ष रञ्जन जवेगूले बताए ।

भेलामा वनभोज कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

वनभोज आयोजना व्यवस्थापन समितिका संयोजक रञ्जन जवेगूको अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इलामका राजनीतिकर्मी भेषराज आचार्य, विनोद नेम्बाङ, माङसेबुङ गाउँपालिका अध्यक्षका सल्लाहकार डम्बर लोरिन्देनलगायतको उपस्थिति थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु