adv

खराङ्गे दर्नाल प्रतिष्ठानद्वारा ज्येष्ठ सदस्यहरुलाई सम्मान

दमक ,२५ माघ  । झापा, मोरङ्ग र सुनसरीमा बसोवास गर्दै आएका दर्जी समुदाय भित्रको खराङ्गे दर्नालहरुको कुलवंश प्रतिष्ठानले दमकमा एक कार्यक्रम आयोजना गरेको छ ।

खराङ्गे दर्नाल प्रतिष्ठान नेपालले आफनो वंश भित्रका ७ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान सहित परिचय कार्यक्रम गरेको हो ।

कार्यक्रममा ज्येष्ठ सदस्यहरु ७७ वर्षीय छत्र बहादुर दर्नाल , ७७ वर्षीय बिष्णु प्रसाद दर्नाल , ७३ वर्षीय दल बहादुर दर्नाल, ८१ वर्षीय धनक बहादुर दर्नाल, ७५ वर्षीय सरीमाया दर्नाल, ७३ वर्षीया धनमाया दर्नाल र ७० वर्षीया मनमाया दर्नाललाई कार्यक्रमका प्रमुख अतिथि छत्र बहादुर दर्नालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

प्रतिष्ठानको तर्दथ समितिका अध्यक्ष कुमार दर्नालको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि छत्र बहादुर दर्नाल, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष जीवन दर्नाल र सदस्य रोशन दर्नाल लगायतले खराङ्गे दर्नाल बीचको एकता कायम राख्न सबै दर्नाल बन्धुहरु सबै मिलेर गर्नु पर्नेमा जोड् दिएका थिए ।

झापा , मोरङ्ग र सुनसरीमा बसोवास गरेका दर्नालहरु बीच सद्भाव दर्नालहरुको उत्पत्ति र भाइ बन्धु बीच परिचय साथै छलफल भएको सदस्य डिबी दर्नालले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु