adv

माङसेबुङमा नेकपाकाे कार्यकर्ता भेला सम्पन्न: ५६ जना पार्टी प्रवेश

जगत कोयू राई, माङसेबुङ, ०१ फागुन । इलामको माङसेबुङमा नेपाल कम्युनिस्ट पार्टीको गाउँपालिका स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको माङसेबुङ गाउँपालिका स्तरिय कार्यकर्ता भेला आज माङसेबुङको चतुरेमा सम्पन्न भएको हो ।

कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, इलाम जिल्ला अध्यक्ष तथा भूमि व्यवस्था, कृषी तथा सहकारी राज्य मन्त्री राम रानाले आधिकारीक पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारीक हो र पार्टीमा सबै नेता कार्यकर्ताहरुलाई अविचलित भई लाग्न समेत अपिल गरेका थिए ।

भूमि सम्बन्धि समस्याहरुलाई समाधान गर्नका लागि आयोग गठन भइसकेको र अब आयोगले धनिपुर्जा हातहातमानै दिइने भूमी समन्धी समस्या समाधान आयोगका इलाम जिल्ला अध्यक्ष ओमनारायण खनाल बताए ।

उक्त कार्यक्रम विषम परिस्थिति पछि माङसेबुङ गाउँपालिकामा पहिलो पटक भएको र अब वडा तथा टोलहरुमा पनि कार्यकर्ता भेला गरिने नेकपा माङसेबुङ अध्यक्ष हेमन्त माक्रिहाङ राईले बताए ।

कार्यक्रममा इलाम जिल्ला समन्वय समितिका अध्यक्ष गणेश बराल, इलाम नगरपालिका प्रमुख महेश बस्नेत, पार्टी नेता दिपेन्द्र खनाल लगायतले बोलका थिए भने जयप्रकाश राई, केहरसिंह योङहाङ लगायतको उपस्थिति रहेको थियो ।


कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट स्थानीय तहको निर्वाचनमा माङसेबुङ गाउँपालिका वडा नं. ६ का महिला वडा सदस्यका उम्मेदवार समेत बनेकी कल्पना राई राई लगायत नेपाली कांग्रेसका ५६ जना प्रवेश गरेका थिए ।

कार्यक्रम मित्र खड्काले सञ्चालन गरेको थियो भने नेकपा माङसेबुङ अध्यक्ष हेमन्त राईको अध्यक्षता रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु