adv

दमकको श्रेष्ठ चौकमा ट्याक्टरबाट लडेर सह-चालकको मृत्यु

झापा,२७  फागुन । झापाको दमक नगरपालिका १ श्रेष्ठ चौकमा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मे १ त ६०३२ नम्बरको ट्याक्टरबाट लडेर सहचालक ईलामका २१ बर्षीय बसन्त राईको मृत्यु भएको हो ।

हिजो बुधवार दिउँसो साढे १ बजे ट्याक्टर लडेर उनी घाइते भएका थिए । घाईते भएका राईको उपचारको लागी लाईफ लाईन अस्पताल दमक पुग्न साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ट्याक्टर र चालक झापा दमक ३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु