adv

ताप्लेजुङ एलभी कमान्डकाे संयाेजकमा गणेश मावाे

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको संगठन ‘लिम्बुवान भोलेन्टियर्स’(एलभी)हरुको जिल्ला भेलाबाट गणेश माबोको संयोजकत्वमा ३५ सदस्यीय ताप्लेजुङ जिल्ला एलभी कमान्ड गठन गरिएको छ ।

संघीय लिम्बुवान मञ्चका प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङबोको प्रमुख आतिथ्यता तथा प्रान्तीय सचिव तथा एल.भी. कार्यबहाक कमाण्डर राजु राईको विशेष आतिथ्यतामा आज ताप्लेजुङको फुङलिङमा कमाण्ड गठन भएको हो ।

जिल्ला संयोजक माबोको कमाण्डमा गठित फिल्डकमाण्डरहरुमा सन्तोष तबेवुङ लिम्बु, सुरेश इधिङ्गो, विष्णु ताम्लिङ, विजय लिङ्देन, सन्तोष लिङदेन, लोकेन्द्र ताम्लिङ, नरेन्द्र राई र पूर्ण खिम्दिङ् लगायत सदस्यहरू रहेका छन् ।

कार्यक्रममा मञ्चका प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङ, प्रान्तीय सदस्य रिता मादेन, लिम्बुवान भोलेन्टियर्स केन्द्रीय सिनियर उप–कमाण्डर गणेश मिभक, जिल्ला उपाध्यक्ष प्रताप लिम्बू, जिल्ला सचिव अशोक मादेन लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु