adv
adv

प्रेस मन्च र महासंघबीच दुई बुँदे सहमति

काठमाडौं, १२ चैत्र ।सदस्यता लगायत विषयमा नेपाल पत्रकार महासंघको कार्यशैलीप्रति असहमति जनाउँदै प्रेस मन्च नेपालले बिहीबारबाट थालेको आन्दोलन दुई बुँदे सम्झौतासँगै स्थगन भएको छ ।
विभिन्न मागसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा मन्चले धर्ना दिएपछि बिहीबार साँझ दुई पक्षबीच लिखित सम्झौता भएको हो ।

यसअघि मन्चका अध्यक्ष केशव अर्याल सहितको टोलीले महासंघ केन्द्रीय कार्यालयमा धर्ना दिएको थियो ।

मन्च र महासंघबीच भएको दुई बुँदे सम्झौतामा मन्चले उठाएका सदस्यता लगायत माग सम्बोधन गर्न प्रतिवद्धाता जनाइएको छ ।
त्यस्तै आगामी चैत्र २५ गतेलाई तोकिएको निर्वाचन घोषित मितिमै सम्पन्न गर्न मन्च प्रतिवद्ध रहेको उल्लेख छ ।

मन्चका महासचिव निमेश कर्ण र महासंघ सचिव प्रकाश थापाले सहमति-पत्रमा हस्ताक्षर गरेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु