इलाम : आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि इलाममा प्रेस संगठन नेपालले पनि उम्मेद्वार सार्वजनिक गरेको छ ।
प्रेस संगठन प्रदेश १ का सचिव सुजन तिम्सिनाको नेतृत्वमा ७ पदका लागि उम्मेद्वार सार्वजनिक गरेको हो । प्रेस संगठनले अध्यक्षमा सुजन तिम्सिना, महिला उपाध्यक्षमा बुद्धमाया सोङ्मी, सहसचिवमा राजेश पराजुलीलाई उम्मेद्वार बनाएको छ । त्यस्तै चारजना खुल्ला सदस्यमा नमिन ढकाल, संगीता थामी, धमप्रसाद जवेगु र लिला बहादुर लिम्बुलाई उम्मेद्वार बनाएको छ ।
तिमसिना वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् । सोङ्मी सदस्य, पराजुली खुल्ला सहसचिव र ढकाल सदस्य छन् । अन्य उम्मेदवारहरु पहिलो पटक निर्वाचनमा सहभागिता जनाउन लागेका हुन् ।
अन्य पदाधिकारी, समावेशी सदस्य तथा केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यमा भने उम्मेद्वार बनाएको छैन । प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस मञ्च नेपालले साझा उम्मेद्वार सार्वजनिक गरेको एक दिनपछि मंगलबार प्रेस संगठनले पनि उम्मेद्वार सार्वजनिक गरेको हो ।
प्रेस संगठनले तीन संगठनको साझा उम्मेद्वार विरुद्ध नभई प्रेस युनियनका उम्मेद्वाउचभर विरुद्ध मात्र उम्मेद्वार खडा गरेको छ । केन्द्र र प्रदेशमा समेत प्रेस युनियन र प्रेस संगठनबीच चुनावी मोर्चाबन्दी भएको भएपनि जिल्लामा युनियनले नै सर्वसम्मत नेतृत्वका लागि पहलकदमी नगरेकाले उनको विरुद्ध उम्मेद्वारी दिने निर्णय भएको संगठनले जनाएको छ ।
केन्द्रमा र प्रदेशमा प्रेस युनियनको नेतृत्वमा प्रेस संगठनसहितका १२ वडा पेशागत संगठनहरुले साझा प्यानल बनाएर चुनावी मैदानमा छ । उता अर्को प्यानलमा प्रेस चौतारीको नेतृत्वमा प्रेस मञ्चसहितका ९ वटा पेशागत संगठनहरुले साझा उम्मेद्वार छ ।
इलाममा भने केन्द्र र प्रदेशमा फरक समिकरण बनेको छ । एकातर्फ प्रेस चौतारी, प्रेस युनियन र प्रेस मञ्चको संयुक्त प्यानल बनेको छ भने अर्कोतर्फ प्रेस संगठन मात्र छ ।
संयुक्त प्यानलमा १८ सदस्यीय जिल्ला कार्यसमितिमा प्रेस युनियनले अध्यक्ष, महिला उपाध्यक्ष, सहसचिव, दलित सदस्य र ४ खुला सदस्य गरि ८ पद पाएको छ । युनियनले अध्यक्षमा विप्लव भट्टराई (युवराज) अध्यक्षमा उम्मेद्वार बनाएको छ । महिला उपाध्यक्षमा सुनिता खालिङ राई, सहसचिवमा प्रेम अधिकारी, दलित सदस्यमा तिलविक्रम दर्जी र खुल्ला सदस्यहरुमा गणेश घिमिरे, लोकेन थेवे, टीका खतिवडा र बालकृष्ण बस्नेतलाई उम्मेद्वार बनाएको छ ।
प्रेस चौतारीले उपाध्यक्ष, सचिव, महिला सदस्य, समावेशी सदस्य र ३ खुला सदस्य गरि ७ पद पाएको छ । चौतारीले उपाध्यक्षमा ख्याम भुजेल, सचिवमा भीम चापागाई, महिला सदस्यमा सुजता सुनुवार, समावेशी सदस्यमा भगीरथ भण्डारी र खुल्ला सदस्यहरुमा रमेशकुमार पराजुली, गोविन्द भट्टराई र किरण पौड्याललाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै प्रेस मञ्चले कोषाध्यक्ष, समावेशी सहसचिव र जनजाति सदस्य पाएको छ । मञ्चले समावेशी सहसचिवमा ज्ञानु केदेम लिम्बू, कोषाध्यक्षमा राम योङहाङ र जनजाति सदस्यमा काकीराम लावतीलाई उम्मेद्वार बनाएको छ ।
त्यस्तै ५ जना केन्द्रीय परिषद सदस्यमा ३ जना चौतारी र २ जना युनियनले पाएको छ । चौतारीले सटेन्द्र जवेगू, कोकिला ढकाल र राजकुमार दाहाललाई उम्मेद्वार बनाएको छ । युनियनले प्रभाकर प्रधान र विजयशेखर भट्टराईलाई उम्मेद्वार बनाएको छ ।
त्यसैगरी १२ प्रदेश परिषद सदस्यमा ५ जना चौतारीले, ४ जना युनियनले र ३ जना मञ्चले पाएको छ । चौतारीले विमल दाहाल, योगेन्द्र शंकर, गोविन्द लामिछाने, सिजन राई र सोम सुनुवारलाई उम्मेद्वार बनाएको छ । युनियनले दिनेश महत, जीवन शर्मा, वेदमाया मुखिया (सोनु) र गोविन्द पौड्याललाई उम्मेद्वार बनाएको छ । त्यसैगरी मञ्चले सरीता राई, सङसेमी माङयुङ र प्रविन सेलिङलाई उम्मेद्वार बनाएको छ ।
प्रेस युनियन नेपाली कांग्रेस निकट, प्रेस चौतारी नेकपा (एमाले) निकट, प्रेस संगठन नेकपा (माओवादी केन्द्र) निकट र प्रेस मञ्च जनता समावादी पार्टी निकट पेशागत संगठन हो ।
प्रेस संगठन नेपालले पनि उम्मेद्वार सार्वजनिक गरेको छ ।

प्रेस युनियन नेपाली कांग्रेस निकट, प्रेस चौतारी नेकपा (एमाले) निकट, प्रेस संगठन नेकपा (माओवादी केन्द्र) निकट र प्रेस मञ्च जनता समावादी पार्टी निकट पेशागत संगठन हो ।नयाँबुलन्द