adv
adv

बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा एक व्यक्ति मृत फेला

बिर्तामोड , २५ चैत । झापाको बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा एक व्यक्ति मृत फेला परेका छन् ।

हत्या गरेर फ्यालेको अबस्थामा मेचीनगर १२ कालीझोडा बस्ने गौतम परियारको लाश आज विहान फेला परेको हो ।

परियारले राँगा काटेर मासु बिक्री गर्दै आएका थिए । अन्यत्र हत्या गरेर लाश त्यहाँ फ्यालेको हुनसक्ने आशंका गरिएको छ ।

विहान ८.३० बजे लाश फेला परेको खबर आफूहरुलाई आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए ।

तीन दिनअघि आइतबार विहान विर्तामोडका गाउँले होटलका संचालक निरौला चारआली जंगलमा मृत फेला परेका थिए ।निरौलाको हत्यारालाई प्रहरीले फेला पार्न नसक्दै बिर्तामोडमा अर्को हत्या भएको हो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु