adv

बिर्तामोडको बुट्टाबारीमा सवारी दुर्घटनामा परी एकजनाको मृ्त्यु

झापा, २९ चैत्र । झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारी स्थित पुर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

आज बिहान ७ बजे भएको सवारी दुर्घटनामा परी मोटरसाईकल चालक अर्जुनधारा ५ बैसाबारी का ३८ बर्षीय रामकान्त चौधरीको मृत्यु भएको हो ।

पुर्व तर्फ जादै गरेको मे१ख २६२७ नम्बरको बसलाई सोही दिशाबाट जादै गरेको मे ४ प ६७४८ नम्बरको मोटरसाईकलले ओभर टेक गर्ने क्रममा बसमा ठोकिन गई मोटरसाईकल अनियन्त्रित हुंदा बिपरीत दिशाबाट आउदै गरेको ना४ख ७२८९ नम्बरको ट्रकले ठक्कर दिई घाईते भएका चौधरीको उपचारको लागी B&C अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो ।

ट्रक, ट्रक चालक ईलाम देउमाई ६ रक्सेका ४२ बर्षीय निमा शेर्पा र बस, बस चालक मोरङ उर्लाबारी ४ का ३० बर्षीय खड्क बहादुर भुजेल नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु