adv

झापामा विहीबार थप २०८ जनामा कोरोना पुष्टि

मेचीनगर, २० जेठ । झापामा विहीबार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २०८ जना संक्रमित थपिएका छन् ।
आज मृत्यु हुनेमा १ जना छन् ।

जसमा दमकका ७० वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

उनका अनुसार आज ७२ महिलासहित २०८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

दमकमा २ महिलासहित ८ जना, बिर्तामोडमा १३ महिलासहित २८ जना, गौरादहमा १ जना महिला, मेचीनगरमा २१ महिलासहित ६३ जना, भद्रपुरमा ६ महिलासहित ८ जना, कनकाईमा २ महिलासहित ४ जना, अर्जुनधारामा ४ महिलासहित १० जना, गौरीगञ्जमा १० महिलासहित २० जना, कचनकवलमा १ जना पुरुष, कमलमा १ जना महिला, शिवसताक्षीमा ७ महिलासहित १६ जना, बाह्रदशीमा १ जना महिला, झापामा ३ जना पुरुष र ठेगाना नखुलेका ४ महिलासहित ६ जना पुरुषमा कोरोना पुष्टि भएको फोकल पर्सन चौलागाईले बताए ।

योसँगै झापामा जम्मा संक्रमितको संख्या ११०५४, डिस्चार्ज ६४६३, आइसोलेसनमा ४२९८ जना, कुल संक्रमित एन्टिजेन १०१४ जना र पीसीआर र एन्टिजेनसहित मृत्यु हुनेको संख्या २५२ जना र आज निको भएर घर फर्किएका १८३ जना रहेको उनले जानकारी दिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु