adv

माङसेबुङ गाउँपालिकाले ४० कराेड बढी रकमकाे बजेट सार्वजनिक

माङसेबुङ, १० असार । इलामको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४० कराेड बढी रकमकाे बजेट सार्वजिनक गरेकाे छ । अनुमानित आय व्ययसहितको कुल ४० करोड ५१ लाख ७७ हजार ६ सय ८० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हाे ।

बिहीबार नवौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बाले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन्। गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोका अनुसार उक्त बजेट सर्वसम्मत रुपमा पारित भएको छ ।

आयतर्फ संघीय समानीकरण अनुदान ९ करोड २५ लाख, संघीय राजस्व बाँडफाँटबाट ६ करोड ७७ लाख ६७ हजार, संघीय सशर्त अनुदान १९ करोड, संघीय समपूरक अनुदान ४२ लाख, प्रदेश समानीकरण अनुदान ५२ लाख ८० हजार, प्रदेश सवारी कर बाँडफाँडबाट ४६ लाख ६० हजार ६ सय ८०, प्रदेश समपुरक अनुदान १ करोड, प्रदेश सशर्त अनुदान ५८ लाख ४२ हजार, आन्तरिक आय ५० लाख रुपैयाँ रहने गाउँपालिकाले प्रक्षेपण गरेको छ । त्यस्तै बैंक मौज्दात २ करोड रुपैयाँ रहने अनुमान गरेको छ ।

व्ययतर्फ गाउँपालिकाले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर बजेट निर्माण गरेको छ । गाउँपालिकाले पूर्वाधार विकासमा ४ करोड ८६ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ ।

दोश्रोमा सामाजिक विकासमा २ करोड ५९ लाख ६० हजार ६ सय ८० रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै आर्थिक विकास क्षेत्रमा १ करोड ७७ लाख ७० हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ३१ लाख १५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा ६ करोड ५१ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ । समपूरक कोषमा २ करोड रुपैयाँ र मर्मत सम्भार कोषमा ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

तोकिएको कार्यक्रम संचालन गर्नसशर्त अनुदान शीर्षकमानेपाल सरकारबाट १९ करोड र प्रदेश सरकारबाट ५८ लाख ४२ हजार रुपैयाँ प्राप्त हुनेछ ।

समपूरक अनुदानतर्फ नेपाल सरकारबाट देउमाई फाकफोक दोभान नावालुङ देउराली हुलाक सडक स्तरोन्नति (क्रमागत आयोजना) का लागि ४२ लाख र प्रदेश सरकारबाट १ करोड प्राप्त हुनेछ ।

गाउँपालिकाले गाउँपालिका भित्रका सबै वडाहरूको समानुपातिक विकासका लागि प्रति वडा ६० लाखका दरले ३ करोड ६० लाख बजेट छुट्टाइएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु