adv

मेचीनगर नगरपालिका एक हप्ता सिल

मेचीनगर, १२ साउन । बुधबार राति १२ बजेबाट मेचीनगर नगरपालिका एक हप्ता सिल गरिने भएको छ ।

मंगलबार बसेको नगर कार्यपालिका बैठकबाट श्रावण १३ गते राति १२ बजेबाट साउन १९ गते मध्यराति १२ बजेसम्म मेचीनगर नगरपालिका क्षेत्र सिल गर्ने निर्णय भएको मेचीनगर कार्यवाहक प्रमुख मीना उप्रेतीले जानकारी दिइन् ।

कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै नगरपालिकामा सोमबार बसेको कोभिड १९ संक्रमण नियन्त्रण समितिको बैठकले कम्तिमा एक हप्ताका नगरपालिका सिल गर्ने प्रस्ताव गरेको थियो ।

कार्यपालिकाको बैठकले समितिको सोही प्रस्तावको कार्यान्वयन गर्दै नगरपालिका अत्यावश्यक केही सेवाहरु वाहेक सम्पूर्ण क्षेत्र बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

सिल अवधिमा अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स, वारुणयन्त्र, औषधी पसल, खोप सेवा, फोहोरमैला व्यवस्थापन, विद्युत तथा सञ्चार सम्बन्धि सेवा मात्र सञ्चालनमा आउने छन् ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु