adv

ढुङ्गानाले छाडे महन्थ ठाकुर समूह

दमक, २७ साउन । महन्थ ठाकुर समूहका झापा जिल्ला उपाध्यक्ष देबेन्द्रकिशोर ढुङ्गानाले सो समूह परित्याग गरेका छन् ।

ढुङ्गानाले आफ्नो स्वास्थ्य स्थिति र पारिवारिक समस्याको कारण देखाउँदै पदबाट राजीनामा दिएको र सो समूहको साधारण सदस्यबाट समेत राजीनामा दिएका हुन् ।

महन्थ ठाकुर समूहको जिल्ला समितिलाई सम्बोधन गरेर उनले साउन २७ गतेको मितिबाट लागू हुनेगरी आफू कार्यतर पद र समूहकै साधारण सदस्यबाट राजिनामा दिएको उल्लेख गरेका हुन् ।

राजिनामा पत्रमा लेखिएको विषय औपचारिक भए पनि ढुङ्गाना जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट ठाकुर समूह अलग भएकोमा असन्तुष्ट रहेको बताइन्छ ।

उनले अहिले ठाकुर समूह छाडेको तर अब कुन पार्टीमा जाने भन्ने बारे निर्णय गरिनसकेको प्रतिक्रिया दिएका छन् ।

जसपा ठाकुर समूहका नाउँमा झापामा समेत समानन्तर गतिविधिको प्रयास गरेको ठाकुर समूहलाई पुराना राजपाका कार्यकर्ताहरुले समेत साथ नदिएपछि ढुङ्गानाको राजिनामा आउनुलाई अर्थपूर्ण किसिमले हेरिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु