adv

प्रदेश १ मा जसपाको कुनै कार्यक्रम छैन : जसपा प्रदेश १ समिति

इटहरी, ३२ साउन ।जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश समिति, प्रदेश नम्बर १ ले तत्काल पार्टीको प्रदेशस्तरीय कुनै पनि कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।
पार्टी गतिविधि बारे गरिएको भ्रामक प्रचारको खण्डन गर्दै जसपा प्रदेश १ अध्यक्ष प्रवीण चाम्लिङले विज्ञप्ति जारी गरेर यस्तो बताएका हुन् ।
जनता समाजवादी पार्टीको प्रदेश नम्बर १ कार्य समितिको हवाला दिँदै प्रदेशस्तरीय कार्यकर्ता भेलाको ब्यानर सार्वजनिक भएको र सामाजिक सञ्जालहरुमा प्रचार भएकोप्रति जसपा प्रदेश १ ले ध्यानाकर्षण भएको जनाएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ – ‘सिङ्गो जसपा, पार्टीका नेता गण केन्द्रीय समितिको बैठक सफल पार्न केन्द्रित भइरहेको अवस्थामा जनता समाजवादी पार्टी, नेपाल प्रदेश नम्बर १ कार्य समितिको हवला दिँदै प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला इटहरीमा आयोजना गर्ने भनी प्रचार गरिएकोप्रति जनता समाजवादी पार्टी, नेपाल प्रदेश समिति, प्रदेश नम्बर १ को गम्भीर ध्यानाकर्षण भएको छ ।’
जसपा केन्द्रीय समितिको बैठक भदौ १ र २ गते काठमाडौंमा हुन लागेको र बैठक सफल पार्न केन्द्रीय नेताहरु र सिङ्गो पार्टी नै लागेको अवस्थामा प्रदेश नम्बर १ मा पार्टीको कुनै पनि किसिमको राजनीतिक भेला र कार्यक्रम नरहेको विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।
केन्द्रीय बैठकबाट पार्टी सुदृढीकरण र जनजागरण (सुज) अभियानको प्रारम्भ हुने भन्दै विज्ञप्तिमा जसपा प्रदेश १ समितिले गलत र भ्रामक प्रचारका पछि नलाग्न पार्टी पंक्ति र आम न्यायप्रेमी जनसमुदायमा अपील गर्दछ भनेको छ ।
यसअघि सामाजिक सञ्जालहरुमा जनता समाजवादी पार्टीको ब्यानर प्रयोग गरेर महन्थ ठाकुर र राजेन्द्र महतो समूहका नेताहरुको फोटो समावेश गरी भदौ ३ गते १ नम्बर प्रदेशस्तरीय अगुवा कार्यकता भेला इटहरीमा गर्ने भनी प्रचार गरिएको थियो ।
जसपा प्रदेश कार्यालय इटहरीले महन्थ ठाकुर, राजेन्द्र महतो लगायत नेताहरुको फोटो र नाम भेलासँग जोडेर प्रचार गरिए पनि उनीहरु हालको अवस्थामा कोही पनि जसपाको कुनै केन्द्रीय जिम्मेवारीमा नरहेको जानकारी दिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु