adv

स्थापना दिवसको अवसरमा पदयात्रा साथै ३ लाखको अक्षयकोष घोषणा

झापा । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति झापाले संघको स्थापना दिवसको अवसरमा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

संघले स्थापना दिवसको अवसर पारेर  चुलाचुली गाउँपालिका वडा नं. ३ मा अवस्थित शिवओरत मिलन पोखरी हुँदै झण्डेडाँडासम्म पदयात्रा कार्यक्रम सम्पन्न गरेको हो । स्थानीय पर्यटन विकासमा टेवा पुग्ने लक्ष्यका साथ सो क्षेत्रमा पदयात्रा कार्यक्रम सम्पन्न गरिएको आयोजक समितिले जनाएको छ ।

किरावि संघ झापाको आयोजना र चुलाचुली गाउँपालिका वडा नं.३ को सहयोगमा भएको सो पदयात्रामा झापा भरीका ५० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बिहान ८ बजे पदयात्रा कार्यक्रम तय गरिएता पनि निरन्तर वर्षाका कारण कार्यक्रम दिउसो १ बजेबाट सुरु गरिएको संघ उपाध्यक्ष बिनिता राईले बताइन् । उनले भनिन- तोकिएको समयमा कार्यक्रम गर्न सकेनौ र पानिका कारण सबै विद्यार्थीहरु उपस्थित हुन सक्नु भएन । त्यसैले संख्यात्मक रुपम कम सहभागि भएको बताइन ।

पदयात्रा कार्यक्रममा झण्डेडाँडामा पुगेर ओैपचारिक रुपमा कार्यक्रम समापन गरिएको थियो । जसमा किरात राई विद्यार्थी संघका कावा सुसन राई, विदेश विभाग प्रमुख सुनिल हताछो, विद्यार्थी नेता दिपक लिम्बु लगायतको सहभागिता रहेको थियो  । कार्यक्रम सम्पन्न गर्दै संघका झापा जिल्ला अध्यक्ष मिलन राईले संस्थापक अध्यक्ष नवीन राईको सम्झना र सम्मानमा ‘किरात राई विद्यार्थी संघ नवीन अक्षयकोष’ ३ लाखको घोषणा समेत गरेक छन् ।

पदयात्रामा सहभागि विद्यार्थीहरुलाई चुलाचुली क्षेत्रमा फुलमालाले स्वागत गरिएको थियो ।

यसअघि संघको स्थापना दिवसको पूर्वसन्ध्यामा संघले १६ गते साँझ दमकको गणतन्त्र चोकमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको थियो ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु